सुर्तीजन्य वस्तुः स्वअनुभवसिद्ध सिकाइ तालिम मोड्युल
BTMF-BISHESनेपालमा नसर्ने रोग एक नम्बरको प्राणघातक बन्नुमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग पनि हो । अध्ययनले देखाए अनुसार करिब ९% नवयुवा विद्यार्थीहरुमा (१३–१७ वर्ष ) सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी देखाएको छ ।
नेपालका सातै प्रदेशका विभिन्न विद्यालयका नवयुवामा विशेषको यस मोड्युलको सिकाइ तालिम सञ्चालनपछि सुर्तीजन्य पदार्थ सेवनको बानी तथ्याङ्कीय हिसाबले घटेको पाइएको छ । चुरोट–बिँडी सेवनमा २५ प्रतिशतले कमी आएको थियो भने गुट्खा, खैनी आदिजस्ता अन्य सुर्तीजन्य पदार्थको सेवनमा २८ प्रतिशतले कमी भएको थियो ।
पाँच चरणमा प्रस्तुत गरिएको यो स्वअनुभवमा आधारित सिकाइ तालिम मोड्युलले सुर्तीजन्य पदार्थले स्वास्थ्यलाई कसरी हानि गर्दो रहेछ भनी छरितो र रमाइलो सिकाइ शैलीमा विद्यार्थीहरूले बुझ्ने गरी प्रस्तुत गर्न शिक्षकलाई सघाउ पुर्याउँछ ।